काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक नेपाल आइपुगेका छन् ।भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन् ।उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् ।वाङचुक बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन् ।१९ सदस्यीय भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन् ।भुटानका राजा नेपाल आएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ । उनको दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।