हेटौडा । बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागी सचेत नेपाली पार्टीले देशभर आफ्ना उम्मेदवार उठाएको छ। सचेत नेपाली पार्टी हेटौडा उपमहानगरपालिको मेयरमा रामप्रसाद गौतमले उम्मेद्धवारी दर्ता गरेको छन् ।मेयर आंकाक्षी रामप्रसाद गौतमले 'स्वच्छ, समृद्ध, सृजनसिल औधोगिक नगर हेटौडा' बनाउने नाराका साथ मेयर पदमा उम्मेद्धारी दिएको बताए ।यस्तै हेटौडा उपमहानगरको वडा नं. १७ को अध्यक्षमा तारा बहादुर बिष्ट,हेटौडा उपमहानगरको वडा नं. ८ को अध्यक्षमा ध्यान बहादुर केसी र वडा सदस्यमा , हेटौडा उपमहानगरको वडा नं. ७ को अध्यक्षमा मिन बहादुर लामीछाने रहेका छन् ।[caption id="attachment_1943" align="alignnone" width="282"] ध्यान बहादुर केसी-वडा नं. ८[/caption][caption id="attachment_1944" align="alignnone" width="248"] गंगा मंग्राती सार्की[/caption] सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।