
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीबीच भावी राष्ट्रपतिका विषयमा सहमति जुट्न सकेको छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा दलका शीर्षनेताबीच भावी राष्ट्रपति’bout सहमति जुट्न नसकेको हो ।चार घण्टाभन्दा लामो समय छलफलमा जुटेका दलहरुबीच कुन पार्टीबाट कसलाई राष्ट्रपति बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन । जसकारण फेरि शुक्रबार साँझ बैठक बस्ने तयारीमा उक्त दलहरु छन् । बिहान साढे ८ बजेबाट चार घण्टा बसेको दलको बैठक सकारात्मक भएको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।उनका अनुसार बैठकमा दलहरुबीच विभिन्न विकल्प’bout छलफल भएको र यस’bout आ–आफ्नो दलभित्र छलफल गरेर पुनः शुक्रबार साँझ ५ बजे बैठक बस्नेछ । छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता १३ फागुनमा हुने निर्वाचन तालिकामा उल्लेख छ ।source:Rajdhnai




























