उदयपुर । सचेत नेपाली पार्टीले विभिन्न ठाँउमा आशन्न स्थानिय चुनावमा देशका विभिन्न पालिकामा आफ्नो उम्मेदवारहरु खडा गरेको छ । भ्रष्ट्र र चरित्रहिन नेतालाई हराउन मुख्य लक्ष्यसहित चुनावी माहोल होमिएको हो । यस्तै सचेत नेपाली पार्टीले ताप्ली गाँउपालिकामा आफ्नो उम्मेदवार उठाएको हो । उदयपुर जिल्ला ताप्ली गाउँपालिकाको उपमेयरको रुपमा भुमि नारायण राई उम्मेदवार बनाएको हो ।प्रदेश नं. १ अन्तर्गत पर्ने सगरमाथाको काखमा अवस्थित उदयपुर जिल्लाको यस ताप्ली गाँउपालिका पर्यटकिय र विकास निमार्ण गरेर नमुनामा पालिका रुपमा विकसित गर्ने योजना सहित आफ्नो उम्मेदवारी रहेको बताए ।सचेत नेपाली पार्टीले आफु जित्ने पालिकामा निशुल्क स्वास्थ्य,शिक्षा र रोजगारको ग्यारेन्टी गरेको छ । आफुले जित्ने सम्पुर्ण पालिकालाई नमुना पालिकाको रुपमा विकास गर्ने योजना सहित चुनावमा होमिएको हो ।
सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।
