सन्दिप डाँगी, काठमाडौं । दंगिशरण गाउँपालिकाको अध्यक्ष /उपाध्यक्षमा नेपाली कंग्रेसले जित हासिल गरेको छ। अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमा खड्का ओली निर्वाचित भएका छन्।[caption id="attachment_2354" align="alignnone" width="300"] पिमा कुमारी खड्का- पालिका उपाध्यक्ष[/caption]
शम्भु गिरीले ५ हजार ४ सय ६७ मत ल्याएर विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी एमालेका मेघनाथ शाहलाई १ हजार ४ सय १८ मतान्तरले पराजित गरेका हुन।
उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मेघनाथ शाह (एमएन) अध्यक्षमा र बुधनी चौधरी उपाध्यक्षमा पराजित भएका छन्। उपाध्यक्ष पिमा कुमारी खड्का (वली)ले ४ हजार ५ सय ७९ मत ल्याएर आफ्नो दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छिन। उनले निकटतम प्रतिस्पर्धी एमालेकी बुधनी चौंधरीलाई २ सय ६८ मतान्तरले पराजित गरेकी छिन।[caption id="attachment_2352" align="alignnone" width="300"] राेशनजंग शाह- वडा नं.६ अध्यक्ष[/caption][caption id="attachment_2353" align="alignnone" width="225"] रेशम बहादुर ओली- वडा नं.७ अध्यक्ष[/caption]पालिकामा रहेका ७ वडामा कंग्रेसले १,३,६ र नेकपा एमालेले चार वटा वडा २,४,५,७ जितेको छ। २०७४ को निर्वाचनमा नेकपा एमालेले पालिका अध्यक्षमा निर्वाचित भएको थियाे । यसपटक १८ हजार १ सय ६ मतदाता रहेको दंगीशरण गा.पा. मा १३ हजार ८७ मत खसेको थियो। वडा नं १ मा नेपाली कांग्रेसका रमेश भण्डारी, २ मा एमालेका डम्बर खत्री, ३ मा कांग्रेसका सुकलाल चौधरी, ४ मा एमालेका कमल चौधरी, ५ मा एमालेका निरज बस्नेत वडाध्यक्ष पदमा विजयी भएका छन। दंगीशरण-६ मा नेपाली कांग्रेसका उम्मेदवार रोशन जंग शाहको प्यानल विजयी भएको छ। वडा नं ७ मा एमालेका उम्मेदवार रेशम बहादुर वलीको प्यानल विजयी भएको छ।