
गोरखा । हेल्दी राईडबारे जनचेतना जगाउने उद्देश्यका साथ चितवनबाट गोरखाको बारपाकसम्म मोटरसाईकल र्याली आयोजना हुने भएको छ ।रोयल राईनो राईडर्स मोटरसाईकल क्लब चितवनको आयोजनामा अग्रेजी नया बर्षको अबसर पारेर उक्त मोटरसाईकल र्यालीको आयोजना गरिएको आइतबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।उक्त मोटरसाईकल र्याली हेल्दी राईट र पर्यटन प्रबद्र्धन गर्ने सोचले आयोजना गरिएको रोयल राईनो राईडर्स मोटरसाईकल क्लब चितवनका उपाध्यक्ष मन्दीपमान श्रेष्ठले बताउनु भयो । प्रत्येक अग्रेजी बर्षमा नेपालको पहाडी क्षेत्रमा मोटरसाईकल र्याली जानेको गरेको उहाले बताउनुभयो । उक्त मोटरसाईकल रयालीको आयोजनाबाट बचेको रकम सामाजीक कार्यमा खर्च गरिने श्रेष्ठले बताउनु भयो । बाइट.........मोटरसाईकल र्याली डिसेम्बर ३० तारीखमा चितवनको पर्यटकीय क्षेत्र मेघौलीको सारङ वाईल्ड लाईफ सेन्चसरी र डिसेम्बर ३१ मा मेघौलीबाट गोरखाको बारपाक जाने कार्यक्रम रहेको छ । उक्त मोटरसाईकल रयालीमा नेपाल भुटान र भारतका १ सय ५० मोटरसाईकल राईडर्सहरु सहभागी रहने बताइएको छ ।




























