
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम बुधबारको तुलनामा केही घटेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ५.४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको छ।बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो।हिजोको तुलनामा काठमाडौंको आकाश खुला भएका कारण न्यूनतम तापक्रम केही घटेको महाशाखाले जनाएको छ।अधिकतम तापक्रम भने बढ्दो क्रममा छ।बुधबार काठमाडौंको अधिकतम तापक्रम २४.३ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबार २२.१ डिग्री सेल्सियस थियो।




























