
काठमाडौं । टेकुस्थित कबाडी संकलन केन्द्रमा महानगर प्रहरीले आइतबार डोजर चलाएको छ । त्यसक्रममा कवाडी संकलनका मजदुर र नगर प्रहरीबीच झडप समेत भएको छ ।झडपको क्रममा ४ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना कवाडी व्यवसायी र २ जना नगर प्रहरी रहेका छन् । महानगर प्रहरी मध्ये एक जनाको टाउको र अर्कोको हातमा चोट लागेको बताइएको छ।व्यवसायीले बोत्तल प्रहार गर्न थालेपछि सुरक्षा गर्ने क्रममा झडपको स्थिति सिर्जना भएको महानगर प्रहरीले जनाएको छ।




























