
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन गरिएको छ ।सडक छेउमा बनाइएको वालमा ठोक्किएर बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको हो ।घटनास्थलमा भेटिएका कागजपत्रबाट मोटर साइकल चालक लमजुङ चन्द्रेश्वर –३ का भारतीय सेनामा आवद्ध रहेका २७ वर्षीय रोहित राना रहेको खुलेको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता रानाको खोजी कार्यका लागि गोताखोर परिचालन भएको सशस्त्र प्रहरीका सह-प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।डीएसपी महतोका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र परिचयपत्र भेटिएको छ ।




























