
काठमाडौं । आधुनिक जमानामा जेनेटिक्स त्यो विज्ञान हो, जुन आनुवंशिकताको सिद्धान्तको अध्ययन गर्छ । यसको अध्ययनद्वारा नै सबै जानकारी प्राप्त गर्न सकिन्छ कि बच्चाहरु आफ्नो आमा बाबुबाट के के गुण र दोष लिएर आउँछन् । यसको कारण धेरै हुन्छन्, जसको कारणले बच्चाको दिमागको विकास हुन पाउँदैन ।
फ्रजाइल एक्स सिन्ड्रोम मानसिक विकलाङ्गताको कारणले हुन्छ । यो पनि आनुवंशिक हो ।
धेरै रोगहरु आनुवंशिक हुन्छन्, यानि आमा–बाबु या उसको परिवारको कसैलाई भएको रोग पींढी दर पींढीलाई हुन सक्छ ।
रक्त सम्बन्धमा विवाह भयो भने पनि बच्चामा आनुवंशिक रोग हुने धेरै संभावना छ ।
आमा–बाबुको रगतको जाँच गर्नुपर्ने पनि धेरै जरुरत छ किनकि ओ.एच. प्mयाक्टरले शिशुको दोष निर्धारण गर्नमा अहम् भूमिका निर्वाह गरको हुन्छ ।
अठार वर्षभन्दा कम उमेरमा गर्भवती भएमा पनि बच्चामा दोष आउने संभावना रहन्छ ।
गर्भावस्थाको बेलामा सही खाना नखाएको कारणले, डाक्टरको सल्लाह नलिइ औषधी खानाले बच्चामा जन्मजात नै विकृति आउने संभावना रहन्छ ।
यदि आमालाई आयोडिनको कमी भयो भने बच्चा मन्दबुद्धि भएको जन्मन्छ ।
आनुवंशिक रोगबाट बच्चाको रक्षा गर्नको लागि सबैभन्दा महङ्खवपूर्ण तरिका आमा–बाबु मध्ये कुनै एकले अथवा उनको परिवारको कोही बिरामी भएमा गर्भधारणभन्दा पहिला नै डाक्टरलाई आप्mनो केस हिस्ट्रीसँग सम्बन्धित उपचारको लागि त्यो विषयमा पूरा जानकारी दिनुस् ।
स्वास्थ्य विज्ञान अनुसार अहिलेसम्म लगभग सातहजार जन्मजात विकृतिहरुको रोग पत्ता लगाइ सकियो ।
तपाईंको परिवारमा यस्तो प्रकारको रोगी कोही भएमा गर्भधारण गर्नुभन्दा पहिला डाक्टरलाई यस बारेमा बताउनुस् र आवश्यक उपाय गरिदिनु नै उचित हुन्छ ।
सुगरको रोग पनि वंशानुगत हुन्छ । आमा–बाबु दुवै मध्ये कुनै एकलाई यो रोग छ भने, परिवारमा कसैलाई यो रोग छ भने पछि गएर बच्चालाई पनि यो रोग लाग्न सक्छ ।
आधुनिक युगमा मेडिकल साइन्सले धेरै उन्नति गरिसक्यो । यसै प्रगतिको कारण धेरै उमेर भएर पनि सामान्य तरिकाले गर्भाधारण गर्न सक्छन्, तर उनीहरुलाई लगातार डाक्टरको रेखदेखमा राख्नुपर्छ नत्र कुनै पनि नोक्सानी व्यहोर्नु पर्ने हुन्छ ।
धेरै उमेरमा गर्भवती भयो भने गर्भवस्थामा केही समस्या उत्पन्न हुनसक्छ । गर्भस्थ शिशुमा जन्मजात दोष आउने आशंका धेरै हदसम्म बढ्छ ।
अचानक गर्भपात हुने एक खास कारण क्रोमोजोमको असमान्यता हुन्छ ।
डाक्टरको सल्लाह लिएर आवश्यक जाँच गराउनुस् । जसद्वारा जन्म अगाडि नै आनुवंशिक दोष पत्ता लगाउन सकिन्छ ।
यस्तो स्थितिमा यदि बच्चाको जन्म भयो भने पनि उसका कैयौंं जन्मजात कमी अथवा मानसिक विकृति आउन सक्छ ।
क्यान्सर तथा हाइपर टेन्सनको रोग पनि धेरै आनुवंशिकतासँग सम्बन्धित हुन्छ ।
बच्चाको वजन र सामान्य बुद्धि आनुवंशिता या घरको वातावरणले निर्धारित हुन्छ ।
बच्चाहरुमा मल्टी प्mयाक्टर डिस अर्डर पनि धेरै सामान्य हो, जो भित्र अन्य कैयौंं जन्मजात दोष हुन सक्छन् जस्तो छारे रोग, सुगर, मानसिक रोग आदि ।
वंशानुगत दोष पनि आमा–बाबुको जीन्सबाट त्यसैगरि आउँछ जसरी नाक–नक्सा, रंग–रोगन, हाइट आउँछ ।
वंशाणुगत रोग बच्चामा तीन प्रकारले उत्पन्न हुन्छ– डोमिनेन्ट,रिसेसिभ तथा एक्स–लिंकड ।
पहिलो दोषमा आमा–बाबु मध्ये कुनै एकको रोगको जीन्स हो तर रोगको लक्षण बाहिरी रुपमा देखिदैन, यस्तो हालतमा पनि बच्चमा रोग हुन सक्छ ।
तेस्रो स्थितिको सम्बन्ध एक्स क्रोमोजमसँग हुन्छ, जुन स्त्रीमा हुन्छ ।
आमालाई कुनै रोग भएमा केटीहरुमा यो रोग हुने संभावना पचास प्रतिशत हुन्छ, जुन भविष्यमा उसको छोरीमा हुन सक्छ ।
डाक्टरी परामर्शबाट नै गर्भाधारण गर्नुस् र नियमित जाँच गराउनुस् ।
केटाहरुले पनि आमाबाट रोगवाला जीन्स ग्रहण गर्छन् तर उसले त्यो अघिलो पींढीमा बढाउन सक्दैनन् ।
गर्भाधारण गर्नु अगाडि आमा–बाबुले आप्mनो आवश्यक टेस्ट अवश्य गराउनु ।
यदि कुनै दोषको लक्षण आमा–बाबुमा नदेखिए पनि दुवै परिवारमा रगत सम्बन्धि कुनै प्रकारको रोग छ भने यो बारेमा डाक्टरलाई बताउनुस् ।
यदि उपचार गरेपछि गर्भाधारण गर्ने तथा शिशु जन्मेपछि समस्या आउने आशंका कम हुन्छ, उनीहरुले आप्mनो उपचार पहिला गराउनु पर्छ ।
कुनै धेरै विशेष परिस्थितिमा डाक्टरले आमा नबन्ने सल्लाह पनि दिने गर्छन् ।
कहिले काहीं गर्भावस्थाको कुनै चरणमा बच्चा दोष मुक्त रोगी बच्चालाई जन्म दिएर तपाईं र बच्चा दुवै सुखी रहन सक्नु हुन्न ।
स्वस्थ बच्चा र आप्mनो परिवारको मानिसको लागि सबै जरुरी उपाय अपनाउनुस् ।
कहिले काहीं गर्भावस्थाको कुनै चरणमा बच्चा दोषमुक्त हुन, मानसिक, शारीरिक विकास कम भएको थाहा भयो भने डाक्टरले इमर्जेन्सी गर्भपतनको सल्लाह दिन्छन् जुन तपाईं र बच्चा दुवैको लागि राम्रो विकल्प हुन सक्छ ।
बच्चा एडप्ट गर्नु नै यसको सबैभन्दा राम्रो उपाय हो ।
यस्तो हालतमा अन्धविश्वासमा नलागेर डाक्टरको सल्लाह अनुसार गर्नुस् ।
गर्भावस्थामा आइरन, भिटामिन सी तथा क्याल्शियम धेरै मात्रामा आवश्यक हुन्छ ।
खनिज तथा भिटामिन सी धेरै मात्रामा खानुस् ।
दूध तथा दूधको परिकार राम्रो हुन्छ । फल तथा सब्जीहरुको रस पनि प्रचुर मात्रामा खाने ।
तरल पेय पदार्थ धेरै पिउनुस् ।
गर्भावस्थामा नुन खान कन्जुस्याइ नगर्नुस् जबसम्म डाक्टरले कम खान निर्देश दिदैनन् ।
गर्भको कारणले तपाईंले २० देखि ३० प्रतिशत क्यालोरी धेरै लिनुपर्ने हुन्छ ।
रातो रक्त कोशिकाहरुमा धेरैमात्रामा अक्सिजन मिलोस् यसैले आइरनयुक्त आहारा अवश्य गर्नुस् ।
५०० देखि १००० मि.ग्रा. अतिरिक्त क्याल्शियम पनि आवश्यक हुन्छ ।
मांसपेशीको दुखाइ हुनु साधारणतया अपर्याप्त क्याल्शियम खानु तथा अपर्याप्त व्यायामको कारणले हो ।
धुम्रपान, रक्सी, र कडा औषधीदेखि पनि बच्नुस् ।
केराले बच्चाको रंग राम्रो हुन्छ र भुटेको चना र बदाम गर्भावस्थामा खाएमा बच्चाको बुद्धि बढ्छ ।
दूध र दाल गर्भावस्थामा धेरै जरुरी हुन्छ ।
भिटामिन सी तथा भिटामिन पी.ले गर्भावस्थालाई धेरै सजिलो बनाइ दिन्छ ।
यो भिटामिन नीबू जातिको फलको बोक्राको सेतो भागमा पाइन्छ, रसमा हैन ।
नीबू, अंगूर, बयर, खुमानी, तथा चेरीमा भिटामिन पी हुन्छ ।
भिटामिन सम्पूरबाट बच्नुस् । भिटामिन तथा खनिजबाट प्राकृतिक खाद्य पदार्थबाट प्राप्त गर्नुस् ।
फोलिक एसिड सरल गर्भको लागि अत्यन्त महङ्खवपूर्ण छ ।
ताजा सब्जी, फल, दूध, अण्डा, खमीरमा यो धेरै मात्रामा पाइन्छ ।
पन्ध्र मिनेटभन्दा धेरै पकायो भने यसको ७५ प्रतिशत गुण नष्ट भएर जान्छ ।
गर्भनिरोधक गोलीले पनि फोलिक एसिड र भिटामिन बीको कमी गर्न सक्छ ।
गर्भधारण गर्नुभन्दा पहिला नै राम्रो पोषणको कार्यक्रम अपनाउनु पर्छ ।
विश्व स्वास्थ संगठनको अनुमान छ कि संयुक्त राज्य अमेरिका बाहिर विश्वका सबै गर्भवती महिला ३३ प्रतिशत फोलिक एसिडको कमीको शिकार हुन्छन् ।
भुटेको बदामको दाना सख्खर लगाएर गाई या बाख्राको दूधसँग सेवन गर्नुस् ।
अजवाइन र यसको चिया, सामान्य स्थितिमा प्रसवको गति बढाउनको लागि र यसलाई सजिलो बनाउँछ ।
चार–पाच ग्राम सुकेको अदुवाको धुलो राती दूधसँग सेवन गर्नाले गर्भपतनको जोखिम कम हुन्छ ।
चाशनी, अजमोद वा चौलानी गर्भावस्थामा लिनाले सजिलो प्रसुति र एक स्वस्थ बच्चा उत्पन्न हुन्छ ।
चिसो पानीको ठूलो ठूलो घुट्को पिउने र कहिले काहीं थारै मह चाट्ने गर्नाले माटो खान मनलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
गर्भावस्थाको पछिल्लो चरणमा स्त्रीको शरीरबाट केफीन उत्सर्जित हुँदैन ।
यो रोकिएको केफीन भ्रुणसम्म जान्छ र धेरै उपयोग हानिकारक हुन्छ ।
अन्तिम तीन महिनामा चिया, कफी जस्ता पेय पदार्थ सिमित गर्नु आवश्यक हुन्छ ।
गर्भवती स्त्रीको पति र परिवारलाई सुनिश्चित गर्नुपर्छ कि विशेष रुपमा शिशुको जन्म अगाडिको तीन महिना प्रतिदिन उसलाई सामान्यभन्दा धेरै खाना र आराम मिल्नुपर्छ ।




























