
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राजावादीहरूले गरिरहेका क्रियापकल संविधान विपरित भएको टिप्पणी गरेका छन् ।सोमबार काठमाडौंमा पुस्तक विमोचन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्र सरकारमा जान लागेको भनेर बाहिर हल्ला चलाइएको जस्तो कुनै नीति नभएको बताएका हुन्।उनले भने,‘आज भोलि चर्चा आइरहेको छ । कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भएरे भनेर चर्चा सामाजिक सञ्जालमा भइरहेको छ । हामी अहिले सरकारमा जाने कुनै नीति लिएको छैनौं, लिँदैनौं पनि । देशमा संकट आयो विचार गर्छौं । तर यही सरकारमा गएर सामेल हुने कुनै नीति छैन् । त्यस्तो औपचारिक रुपमा कुरा पनि कसैसँग भएको छैन् । भ्रष्टाचारलाई जोगाउने सरकार र हामीबीच सुरुमा नै ठूलो बिमती भएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने कि बचाउने हामी रोक्नपर्छ भन्ने पक्षपातीमा भयौं । अहिलेको सरकार बचाउने पक्षमा भएकाले मिलन विन्दु हामीले देखेका छैनौ ।’
उनले यो सरकारप्रति सुरूदेखि नै आफ्नो बिमति रहेको बताए।




























