
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको निधन भएको छ ।काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा बोहोरा निधन भएको हो ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उक्त जानकारी गराएका छन् ।
२०७९ सालको निर्वाचनमा रुपन्देहीबाट विजयी उनी पटक पटक मन्त्री भएका थिए।




























