
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेहरु शेखर–गगन पक्षका हुन् ।विधान बमोजिम कुनै काम नभएको भन्दै उनीहरुले राजीनामा दिएका हुन्।
उनीहरूले बैठक बसेर संगठनका क्रियाकलापहरू अघि बढाउन अध्यक्षलाई भनेपनि सुनवाई र पहल नगरेका कारण आफूहरूले सामूहिक राजीनामा दिएको सभापति देउवालाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।
राजीनामा पत्रमा उनीहरूले अध्यक्षले पहल नगरेका कारण महिला संघले गति लिन नसकेको बताएका छन् । संगठनमा मनोमानी भएको, अध्यक्षले विधानबमोजिम कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको उनीहरूले बताएका छन् ।
राजीनामा दिनेहरूमाचन्द्रादेवी जोशीरिता शाहीछायाँ सुनारडा.अमिता प्रधान शाक्यउमा शिवाकोटी/रञ्जिता गिरीडा.सिता घिमिरेतारा थपलियायसैगरी नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वची आचार्यले पनि राजीनामा दिएका छन् । राजीनामा दिनेहरू शेखर–गगन पक्षका हुन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्र लेखेर सामूहिक राजीनामा बुझाएका हुन् ।



























