
सिरहा । फाल्गुन देखी यता असार सम्म सिरहामा १९ सय ६८ जना मतदाता थपिए छ । फल्गुण यता सिरहामा १ हजार ११ जना पुरुष र ९ सय ५६ जना महिला गरि जम्मा १९६८ जना मतदाताले नाम दर्ता गराएको निर्वाचन कार्यालय सिरहाका सूचना अधिकृत गणपैत यादवले जानकारी गराए । यस मध्ये १ पुरुष र १ महिला जम्मा २ जना मतदाता सिरहा बाहेकका धनुषा जिल्लाको रहेको जनाएका छन । यस भन्दा पहिले सिरहा जिल्लामा जम्मा ४ लाख ३१ हजार ५ सय ७६ जना मतदाता रहेको थियो । जस मध्ये २ लाख २९ हजार ८ सय ४६ पुरुष र २ लाख १ हजार ७ सय २८ महिला रहेको थियो ,सूचना अधिकृत यादवले बताए । हाल फाल्गुन देखी यता असार सम्म १९६८ जना मतदाता थपिदै सिरहाको मतदाता संख्या जम्मा ४ लाख ३३ हजार ५ सय ४२ पुगेको सूचना अधिकृत यादवले जानकारी गराए ।यसमा १६ बर्ष उमेर समूहहरुकाले पनि नाम दर्ता गराउन सकिने ब्यबस्था रहेको छ तर भन्ने १८ बर्ष भन्दा मुनि १६ बर्ष उमेर समुहका मतदाताहरुको नाम मतदान उमेर १८ बर्ष पुगि मात्र मतदाता सुचिमा सार्वजनिक गर्ने तब सम्म आयोगको सुचिमा मात्र रहने प्राबधान रहेको अधिकृत यादवले बताए । सूचना प्रबिधिको बिकास संगै सिरहामा पनि अनलाइन प्रणाली बाटै मतदाताको नाम सुरु भएको हो । यसले सेवाग्राहीले लाभ भएको बताए ।




























