दाङ । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।कृष्ण बहादुर महरा र शंकर पोखरेलको जुंघाको लडाई भएको घोराही उपमहानगरपालिकामा पनि गठबन्धन हाबी देखिएको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्र मेयरमा हेमराज शर्माको ३८५८ नरुलाल चौधरी नेकपा एमालेबाट ३३८३ र राप्रपाबाट सरिता देवकोटाको ७६३ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुख नेपाली कांग्रेसले४१८१ र एमालेले ३२८७ मत प्राप्त गर्दा राप्रपाले ५६८ मा खुम्चिन पुगेको हो ।