एजेन्सी । बलिवुड अभिनेता अक्षय कुमारलाई कोरोना पोजेटिभ भएको छ । उनले आफ्नो ट्विटरमा कोरोना संक्रमण भएको पोष्ट गरेका छन् । कोरोना संक्रमणको कारण उनि कान्स फिल्म फेस्टिभलमा सहभागी हुँन नपाउने भएका छन् ।
अक्षय कोरोनाबाट दुई पटक संक्रमित भईसकेका छन् । यसअघि कोरोनाको दोस्रो लहरमा पनि अक्षय संक्रमित भएका थिए ।