काठमाडौं । भगवान् कृष्णको द्वारिका वास्तवमा थियो कि थिएन ?
शताब्दीयौंदेखि मानिस यो स्थानमा पूजा अर्चना गर्दै आइरहेका छन् । उनीहरु यसलाई एक पवित्र नगर मान्छन् । तर हालैमा पुरातत्ववेत्ता कुनै अन्य स्थानमा एक अन्य द्वारिका भएको कुरा गर्न थालेका छन् । अरब सागरको गहिरो नीलोपनमा यसको केही प्रमाण भेटिन्छ । ग्रन्थमा जुन सुनको ढोकाको उल्लेख गरिएको छ त्यसको खोजी आज पनि जारी छ । यो भ्रम हो अथवा वास्तविक–यो त समयले नै बताउनेछ ।
पूरातत्व–विज्ञानको जति आवश्यकता भारतमा छ त्यति अन्त कतै छैन, किनकि यो देशको इतिहासमा अनेकौं मिथक र पौराणिक कथा भरिएको छ । यी मिथक र कथाको बीच काल्पनिकता र प्रामाणिकतालाई अलग गर्न सक्नु साँच्चै कठिन छ । यस्तै एक चरित्र छ, भगवान् कृष्णको । मानिन्थ्यो कि उनको नगरी द्वारिका मथुरा नजिकै थियो । तर हालैमा पुरातत्ववेत्ताले अरब सागर नजिकै उनको सुनको नगरी बसेको हुने प्रमाण पाएका छन् ।
जुन पुरातत्ववेत्ता र इतिहासकार यो मान्छन् कि कृष्णको द्वारिका अरब सागरमा थियो, उनीहरु आफ्नो कुराको पुष्टिको लागि निम्न तर्क दिन्छन् ।
महाभारत महाकाव्य अनुसार, कंस जब आफ्नी बहिनी देवकी र उनको पति वसुदेवलाई उनीहरुको घर पु¥याउन गैरहेको थियो तब बाटोमा एक आकाशवाणी भयो जसले उसलाई बतायो कि देवकीको आठौं सन्तानले उसको वध गर्नेछ । कंसले आकाशवाणीमा विश्वास गरेर आफ्नी बहिनी र ज्वाइँलाई बन्दी बनायो र बहिनीमाथि अत्याचार गरेर उनका सबै सन्तान मारिदियो । तर ऊ आफ्नो नियतिबाट बच्न सकेन । देवकीको आठौं पुत्र बचेको थियो । उनी पछि भगवान् कृष्णको नामले परिचित भए र उनले कंसको वध गरेर आकाशवाणीको भनाइ सत्य साबित गरिदिए । हर स्थानमा खुशी मनाइयो तर मगधनरेश जरासन्धले, जो कंसका ससुरा थिए, यसको प्रतिशोध लिने कसम खाए । मथुरामा जरासंधले बारम्बार आक्रमण गर्नाको कारण कृष्णले मथुरा छोड्न विवश हुनुप¥यो । उनी सौराष्ट्र गए जहाँ उनले कुशस्थली नगरको खण्डहरमा द्वारिका नगरीको निर्माण गरे । कुशस्थलीको निर्माण २०० वर्ष पहिला रेवतले गरेका थिए, जो भगवान् श्रीकृष्णका पूर्वज थिए र अनर्तका पुत्र थिए ।
महाभारतको भूमिमा हरिवंशद्वारा लेखिएको उपयुक्त वर्णनमा अगाडि अरु पनि उद्दरण भेटिन्छन् । उनका अनुसार भगवान् कृष्णको नगरी नरिवलको रुख र अन्य बिरुवाले भरिएको थियो । तर जमिन पर्याप्त थिएन र राज्यमा समुद्रको एक भाग पनि आउँथ्यो, यसैले भगवान् कृष्णको अनुरोधमा समुद्रले आफ्नो स्थान छोडिदिएको थियो ।
कथा अनुसार यो नगरी ३६ वर्षसम्म रह्यो । फेरि भगवान् कृष्णको मोक्षसँगै समुद्रले यसलाई आफ्नो शिकार बनायो । तर श्रीकृष्णलाई पहिलादेखि नै जानकारी थियो, यसैले उनले अर्जुनसँग भनेका थिए कि उनको मुक्तिपछि एक हप्ताभित्र यो नगर खाली गराउनू । अर्जुनले कृष्णको आज्ञाको पालन गरे र जब नगरको अन्तिम नागरिकले त्यो नगर छोडिरहेका थिए तब समुद्रले यो नगरलाई निल्यो । यसको अस्तित्वको कुनै प्रमाण बाँकी बचेन ।
यसैले यो विवरणमा विश्वास गर्दै र समुद्रमा केही महङ्खवपूर्ण साक्ष्य प्राप्त गरेर इतिहासकारले यो कुरामा विश्वास गरे कि यही भगवान् कृष्णको द्वारिका नगरी हो । तर उनका अलोचक यो मान्न तयार छैनन् । उनीहरु द्वारिकासँग सम्बन्धित ठोस साक्ष्य माग्छन् र जबसम्म यस्तो हुँदैन तबसम्म यो कुरामा विश्वास गर्न अस्वीकार गर्छन् ।
यसमा विश्वास गर्ने मानिस यो स्थानमा पाइएको कमलको चिह्न भएको शंख र महाभारतमा यस्तै शंखको उल्लेखतिर संकेत गर्छन् । यसको अतिरिक्त, यो सिद्धान्तका प्रवर्तक मान्छन् कि यो स्थानमा भेटिएको मन्दिर प्राचीन मन्दिरहरुको अवशेषमा बनेको छ । अन्त्यमा उनको भनाइ छ कि द्वारिका जुन रेवत पर्वतमा स्थित थियो त्यो आजको बर्दा पहाड हो ।
महाभारत र पौराणिक कथाका अतिरिक्त “घर जातक” जो ३०० ई.पू. मा रचिएको थियो, मा वासुदेव र उनका नौ भाइको विस्तृत विवरण पाइन्छ । त्यसमा उनको अनेकौं युद्ध र अन्त्यमा एक सुन्दर द्वारिका, जसको एकातिर पहाड र दोस्रोतिर समुद्रमा बसेको कुरा उल्लेख छ । द्वारिका निवासी डा. जयन्तीलाल ठकरले आफ्नो आसपासको क्षेत्रको धेरै सूक्ष्मताले अध्ययन गरे र त्यहाँ दबिएको घर, माटोका भाँडा, सिक्का र चुराको अवशेष प्राप्त गरे । यसलाई प्रामाणिक मानेर उनले यसमा जोड दिए कि भगवान् श्रीकृष्णको द्वारिका, द्वारिकाधीश मन्दिर नजिकै थियो वा मुनि बसेको थियो र पछि समुद्रमा डुब्यो ।
दक्कन कलेज पुणेका प्रोफेसर एच.डी. संकालिया यी ग्रन्थका प्रमाणमा केही हदसम्म विश्वास गर्छन् । उनले सन् १९६३ मा द्वारिकाधीश मन्दिर नजिकै केही खने । यो खन्ने कार्य धेरै दिनसम्म चल्यो र उनको पहिलो धारणाको पुष्टि भयो कि यहाँ एकमाथि अर्को गर्दै चार सभ्यता अवस्थित छन् । तर उनी यो मान्दैनन् कि यो श्रीकृष्णको द्वारिका थियो । संकालिया मात्र यसो भन्छन्– “तमाम खोजले यो संकेत गर्छ कि यी अत्यन्त प्राचीन सभ्यताहरु थिए ।” अर्कोतिर इण्डियन इन्स्टिट्यूट अफ ओशियनोग्राफीका डा. एस.एस. रावले सन् १९७९ मा द्वारकाधीश मन्दिर नजिकै केही खने । त्यहाँ उनले १२ औं शताब्दीको मन्दिरमा अलंकृत खम्बा र अवशेष तथा ९ औं शताब्दीको विष्णुको मन्दिरको अवशेष पाए । यसबाट पनि पुरानो कालको दुई अन्य मन्दिर पनि प्राप्त भए ।
वास्तवमा डा. रावले यहाँ एउटै स्थानमा आठ सभ्यताको अवशेष प्राप्त गरे । उनका अनुसार यो स्थानमा पहिलो सभ्यता १५ औं शताब्दी ई.पू.मा आएर बस्यो होला । उनको खोजबाट थाहा हुन्छ कि लगभग ३,००० वर्ष पहिला यहाँ समुद्रले धेरै नोक्सान पु¥यायो होला र नगरको अवशेष भगवान् श्रीकृष्णको द्वारिकाको हुनसक्छ ।
पछि किनारभन्दा पर गरिएको खनाइमा एक विशाल चन्द्रकार गढ र किल्लाको पर्खाल तथा अन्य अवशेष प्राप्त भयो । यो सब गोमती घाटमा बनेको द्वारिका बन्दरगाहमा रहेको समुद्र नारायण मन्दिरको वरिपरि ८०० माइलको क्षेत्रमा पाइयो ।
समुद्र किनारमा पाइएका अनेकौं प्राचीन वस्तुहरु जस्तो शंख, मुद्राहरु आदिबाट पनि सुनको नगरी द्वारिका यही बसेको हुने संकेत मिल्छ । तर यो भगवान् श्रीकृष्णको नगरी थियो या थिएन, यो निर्धारित गर्न कठिन छ ।
ठोस पुरातत्वीय प्रमाणको अभावमा भगवान् श्रीकृष्णको नगरी द्वारिकाको रहस्यले मानिसको कल्पनालाई अझै पनि असमञ्जसमा पारिदिन्छ ।