दाङ । दाङको बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन् ।अध्यक्ष पुन ५ हजार ७४९ मत ल्याउँदै निर्वाचित भएका भए । उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीलाई १ हजार ९७१ मत अन्तरले हराए । एमालेका उम्मेदवार खत्रीले ३ हजार ७७८ मत प्राप्त गरेका छन् ।२०७४ सालको स्थानीय तह निर्वाचनमा बंगलाचुलीमा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो । यसपटक कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । आठ वटा वडाहरुमध्ये कांग्रेस र माओवादीले चार–चारवटा वडा जितेका छन् ।बंगालाचुलीमा कूल १० हजार ७०० मत खसेको थियो ।