
काठमाडौं ।पतञ्जली जग्गामा भ्रष्टाचार गरेको मुद्दामा पूर्व भूमिसुधार सचिव छविराज पन्तसँग ५ लाख धरौटी माग भएको छ।विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीसँग पाँच लाख धरौटी माग गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते ९३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।२०६६ चैत ६ मा पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।




























