काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र काठमाडौं ४ मा हालसम्म परिणाम आएका १० वडामा कांग्रेस क्लीन स्वीप भएको छ। २०७४ संसदीय निर्वाचनमा कांग्रेसका थापाले जितेको क्षेत्र नम्बर ४ अन्तर्गतका वडाहरूमा एमालेले जितेको हो।१२ वडामध्ये १० वडाको परिमाण आउँदा सबैमा एमालेले जितेको छ। बाँकी २ ओटा वडामा भने गणना जारी छ। काठमाडौं ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिकाका ८ ओटा वडा र काठमाडौं महानगरपालिकाका ४ ओटा वडा पर्दछन्। बूढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ काठमाडौंका १, ७, ८ र ३० वडा पर्छ।बूढानीलकण्ठ १ मा एमालेका सुरेन्द्र लामाले कांंग्रेस उम्मेदवारलाई दोब्बर मतले पराजित गरे। २ मा एमालेकै राजेन्द्र श्रेष्ठ ११६० मतले जिते। वडा नम्बर ८ मा एमालेकै सुमन तामाङ, ९ मा सुमित्रा त्रिपाठी र १० मा नवराज भट्टराई निर्वाचित भए। ११ नम्बर वडामा राजु अधिकारी, १२ मा शम्भु भट्टराई र १३ मा टीकानारायण श्रेष्ठले जितेका हुन्।
यता काठमाडौं महानगरपालिकाको सार्वजनिक परिणाममध्ये वडानम्बर १, २ मा एमालेले जितेको छ। वडा नम्बर ७ को गणना जारी छ। जसमा कांग्रेसका विमल होडाले अग्रता कायम गरेका छ। ३० नम्बर वडामा एमालेका उम्मेदवार कृष्णभक्त खड्गीभन्दा कांग्रेसका उम्मेदवार दलबहादुर कार्की अघि छन्।