
चितवन । शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार बेलुकीसम्म पनि निरन्तर पहिरो खसिरहेकाले काम अघि बढाउन नसकिएको थियो।तर आइतबार बिहानदेखि सडक खण्डको तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य शुरु भएको छ ।शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र भएका छन् ।साथै, सकभर वैकल्पिक मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको छ।यद्यपि ढुंगा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।राजमार्गमा भएका व्यवसायीहरूलाई पनि अलपत्र यात्रुको सहजीकरणका लागि अपिल गरिएको थियो ।




























