
काठमाण्डौ| अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल यु–१९ महिला विश्वकपबाट बाहिरिएको छ । बुधबार अष्ट्रेलियासँग भएको खेलमा ८३ रनले पराजित भएपछि नेपाल औपचारीक रुपमै विश्वकपबाट बाहिर भएको हो ।
मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो ।यससँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ । समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन ।अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो ।नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २–२ विकेट लिइन् । यसअघि अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २–२ विकेट लिइन् । यसअघि अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।त्यसअघि मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनायो ।उसका लागि काओइमहे ब्रायले ४५, एलेनोर लारोसाले ३१, हसरत गिलले ३० र क्लोए आइन्सवर्थले १६ रन जोडिन् । नेपालका लागि कप्तान पूजा महतोले चार ओभरमा ३१ रन दिएर तीन विकेट लिइन् । यस्तै, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट लिइन् ।




























