
काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । बुधबार नेप्से ४.९८ अंकले घटेर २५६१.०८ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ मा कारोबार भएको थियो ।बजार घटे पनि आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माबिलुङ इनर्जी, दरमखोला हाइड्रो, सागर डिस्ट्रिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केवलकार, झापा इनर्जीको सेयर १० प्रतिशत बढेका छन् ।आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सवैभन्दा बढी ६.०३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन बरुण हाइड्रोपावर, साहस उर्जाकार राधी विद्युत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । ३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशत घटेको छ ।




























