काठमाडौं । सेयरबजारमा आज १ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६.३२ अंकले र सेन्सिटिभ सूचक ३.६२ अंकले बढेको हो।
२ सय २४ कम्पनीको ३१ लाख कित्ता सेयर किनबेचमा अर्बको कारोबार भएको हो।
आज २१ हजार ७०९ पटक किनबेच भएको थियो। सोअनुसार आज १३ मध्ये व्यापार र सामूहिक लगानीको कोषको सूचक घटे पनि बाँकीको बढेको छ।आज लगानीकर्ताले ५.९५ प्रतिशतसम्म कमाउँदा १० प्रतिशतसम्म गुमाउनुपरेको छ।