
काठमाडौँ । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका छन् । पाण्डेका अनुसार उनी माघ ३ गतेसम्म बहाल रहनेछन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने तयारीका लागि उनले राजीनामा दिएको बुझिएको छ ।स्रोतका अनुसार पाण्डे आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। सोही कारण उनले महानगर प्रहरी प्रमुखको जिम्मेवारी त्यागेको बताइएको छ।
मेयर बालेन शाहले राजीनामा दिने भएपछि पाण्डेले यसअघि नै महानगरमा नबस्ने बताएका थिए ।




























