
नेपालको वर्तमान राजनीतिक परिदृश्य तीव्र ध्रुवीकरण, पुराना शक्ति र नयाँ आकांक्षाबीचको टकराव तथा जनतामा बढ्दो वितृष्णाले ग्रस्त छ। यस्तै परिवेशमा झापा निर्वाचन क्षेत्र नम्बर–२ बाट डाक्टर युवराज सङ्ग्रौला स्वतन्त्र उम्मेदवारका रूपमा अगाडि आउनु केवल एक चुनावी घटना होइन, नेपाली राजनीतिमा वैचारिक विकल्पको प्रस्ताव हो।झापा–२ मा उनको प्रतिस्पर्धा पूर्वसभामुख, पूर्वउपसभामुख जस्ता स्थापित अनुहारहरू तथा एमाले र रास्वपा जस्ता शक्तिशाली पार्टी उम्मेदवारहरूसँग छ। तर युवराज सङ्ग्रौलाको उपस्थिति शक्ति, सञ्जाल वा दलको आधारमा होइन-ज्ञान,अनुभव, दर्शन र विवेक को आधारमा खडा छ।डाक्टर सङ्ग्रौला कुनै रातारात बनेका नेता होइनन्। उनले करिब उनन्चालिस वर्षसम्म प्राध्यापन गरे—नेपाल ल कलेज उनको पहिचान मात्रै होइन, कानुनी र बौद्धिक उत्पादनको एउटा केन्द्र हो। उनी केवल कक्षा कोठामा सीमित प्राध्यापक होइनन्; चीन र भारतका प्रतिष्ठित विश्वविद्यालयहरूमा पढाउने, विश्व राजनीति, दर्शन र जियोपोलिटिक्समा गहिरो दखल राख्ने अन्तर्राष्ट्रिय स्तरका बौद्धिक व्यक्ति हुन्।
पूर्व महान्यायाधिवक्ता, प्रखर कानुनविद्, प्राध्यापक तथा राष्ट्रवादी विचारकका रूपमा परिचित उनी यस क्षेत्रबाट स्वतन्त्र रूपमा उठ्दै गर्दा राजनीतिक दलहरूका प्रभावशाली उम्मेदवारहरूसँग प्रतिस्पर्धा गरिरहेका छन्।
चीन, भारत र पश्चिमबीचको शक्ति सन्तुलन, नेपालको भू-राजनीतिक संवेदनशीलता र सानो राष्ट्रले अपनाउनुपर्ने मध्यम मार्ग उनको चिन्तनको मूल केन्द्र हो। संग्रौला नत अतिवादी राष्ट्रवादका पक्षधर हुन् नत आत्मसमर्पणकारी उदारवादका। उनको राजनीति संवाद, सन्तुलन र रचनात्मक सहकार्य मा आधारित छ।डाक्टर सङ्ग्रौलाको राजनीतिक दर्शनको मूल मर्म स्पष्ट छ, पुराना र नयाँ पार्टीबीच द्वन्द्व होइन, क्रिएटिभिटीको प्रतिस्पर्धा हुनुपर्छ।
उनको दृष्टिमा समस्या पार्टी पुरानो वा नयाँ हुनु होइन; समस्या राज्य चलाउने सोच पुरानो हुनु हो। त्यसैले उनी पुराना पार्टीहरूलाई शत्रु र नयाँ पार्टीहरूलाई देवता ठान्ने राजनीतिबाट अलग उभिन्छन्। उनी लोकतन्त्रलाई निरन्तर सुधारको प्रक्रिया मान्छन्, तोडफोडको होइन।ताप्लेजुङको लिम्बू समुदायमा बीच जन्मिएका युवराज सङ्ग्रौलाको जीवन यात्रा झापा हुँदै भक्तपुरसम्म आइपुगेको छ। यो यात्रा स्वयंमा नेपालको बहुजातीय र बहुसांस्कृतिक कथा हो। उनी आदिवासी-जनजाति समुदायप्रति गहिरो सम्मान राख्छन्, तर पहिचानलाई विभाजनको औजार बनाउने राजनीतिका आलोचक पनि हुन्।उनको एउटा महत्वपूर्ण वैचारिक प्रस्ताव छ् “जसरी पृथ्वीनारायण शाहलाई आधुनिक नेपालको निर्माता मानिन्छ, त्यसरी नै किराँत राजा यलम्बरलाई पनि नेपालको निर्माता मानिनुपर्छ।” यो दृष्टिकोणले इतिहासलाई एकल जाति वा शासकको सम्पत्ति होइन, सामूहिक सभ्यताको निरन्तरता को रूपमा बुझ्न सिकाउँछ। युवराज सङ्ग्रौला लागि राष्ट्रियता भनेको एकरूपता होइन, विविधताको सम्मानसहितको साझा पहिचान हो।
उनको आर्थिक दृष्टिकोण पनि व्यावहारिक र दीर्घकालीन छ।कृषक र किसानलाई बलियो नबनाई देश समृद्ध हुँदैन, कृषि, संस्कृति र पर्यटनलाई जोड्न सके नेपालको भविष्य उज्यालो छ, भाषा, भेषभूषा, कला र संस्कृतिको संरक्षण विकासको बाधा होइन, विकासकै आधार हो । यो सोच कागजी योजनामा सीमित छैन; यो स्थानीय सम्भावनाबाट राष्ट्रिय समृद्धि तर्फको यात्रा हो।
झापा२ मा मतदाताले यसपटक एउटा गम्भीर, प्रश्न सामना गरिरहेका छन्,के हामी फेरि चिनिएका अनुहारलाई दोहोर्याउने कि नयाँ तर जिम्मेवार विकल्प रोज्ने? डाक्टर युवराज सङ्ग्रौला कुनै चमत्कारी नारा बोकेर आएका छैनन्। उनी ल्याएका छन्—
- बौद्धिक इमानदारी
- अन्तर्राष्ट्रिय अनुभव
- राष्ट्रिय संवेदनशीलता
- र मध्यम मार्गको परिपक्व राजनीति




























