
उदयपुर । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा. २ ख ६२५७ नम्बरको ओखलढुंगे बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ । उदयपुरगदी-७, अँधेरी, जोगीटोलस्थित मदनभण्डारी लोकमार्गमा ब्रेक फेल भएर बस दुर्घटना भएको हो ।प्रहरीका अनुसार बसको ब्रेक फेल भएपछि अनियन्त्रित भई सडकबाट करिब ३० देखि ४० फिट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी झन्डै एक दर्जन यात्रु घाइते भएका छन् ।घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। हाल घटनास्थलमा प्रहरी टोली खटिएर उद्धार तथा थप अनुसन्धान गरिरहेको छ।




























