
सरकारले दशैंको समयमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी सेवा गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरुलाई काठमाडौं प्रवेशमा रोक लगाउने भएको छ ।यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालको संयोजकत्वमा बसेको विभागको मंगलबारको बैठकले यस्तो निर्णय गरेको विभागका शाखा अधिकृत माधवराज पाण्डेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।त्यस्तै, त्यस्ता सवारी साधनहरुलाई असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्म रोक लगाइने भएको हो ।




























