
वीरगञ्ज, फागुन ११ गते । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दहालले जारी गरेको आदेशअनुसार सोमबार बिहान ९ः४५ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू गरिएको हो। प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कफ्र्यू लगाएका हुन् ।पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश गरिएको बताए।जिल्ला प्रशासनले कफ्र्यू आदेश अवधिभरमा अत्यावश्यक सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, शवबाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परिक्षार्थी एवं परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटकका सवारीसाधन, कूटनीतिक नियोग र मानवअधिकारकर्मी र हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने बताइएको छ ।




























