
काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । शनिबार एक प्रेस विज्ञप्तिमार्फत निगमले पाँच बुँदे निर्देशन जारी गरेको हो ।निगमले अहिलेको परिस्थितिमा आपूर्ति तथा वितरण प्रणाली व्यवस्थित बनाएर उपभोक्ताको मागबमोजिम ग्यास पाउन सक्ने व्यवस्था गर्न आधा सिलिन्डरको व्यवस्था गरेको जनाएको छ । निगमले हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आमउपभोक्ताको मागबमोजिम ग्यास पाउन सक्ने अवस्थाको सहजीकरणका लागि मिति शुक्रबारदेखि लागू हुनेगरी अर्को निर्णय नभएसम्म सम्पूर्ण ग्यास उद्योगले सिलिन्डरमा सात दशमलव एक किलो एलपी ग्यास भरी प्रतिसिलिन्डर आधा मूल्य रु ९५५ मा बजारीकरण गर्नेरगराउने व्यवस्था मिलाइएको पनि जनाएको छ ।अहिलेलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास विक्री वितरण गर्न भनेको छ ।




























