काठमाडौँ।साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा उछाल देखिएको छ । आज सेयर बजारमा २.४७ प्रतिशतको बढोत्तरी देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ बिन्दुमा पुगेको छ । आज नेपाली सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँको कारोबारसहित नयाँ रेकर्ड बनेको छ । अघिल्लो कारोबार दिन आइतबर २६ अर्ब माथिको कारोबार गरी नयाँ रेकर्ड बनाएको बजारमा आज पनि नयाँ रेकर्ड बनेको हो ।कुल १३ उपसूचकमध्ये लागनी र उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै सूचक हरियाली बनेको छ । यस दिन जीवन बीमा, फाइनान्स र ब्यापार समूहमा लगानीकर्ता झुम्मिएका छन् ।यस दिन १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ ।आज सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, स्वेत गंगा हाइड्रोपावर र शुभम् पावर पावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । हिमाला दोलखा हाइड्रोपावर, शिखर इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, आँखु खोला हाइड्रोपावर अरुण कावेली लगायत कम्पनीको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।सोमबारको कारोबारमा सातवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, स्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, शुभम् पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब २२ करोड ८० लाख ७२ हजार चार सय तीन बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को २६ लाख ६९ हजार तीन सय ५० बराबरको कारोबार भएको छ ।