
काठमाडौँ।पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि पछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ।नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागु हुने गरी डिजेलमा प्रतिलिटर १० रूपैयाँ र पेट्रोलमा १५ रूपैयाँ मूल्य बढाएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर हुने भएकाले मूल्य वृद्धि हुँदा त्यसको असर सिधै यातायात व्यवसायमा पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्दै आएको भए पनि २०७८ फागुन २२ यता भाडा समायोजन नभएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन्।




























