
काठमाडौँ। प्रतिनिधिसभाको उपसभामुख चयनका निम्ति आज उम्मेदवारी दर्ताको समय तोकिएको छ ।संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उमेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार नै दिउँसो २:३० बजे उमेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने उल्लेख छ ।उपसभामुखका लागि विपक्षी दलहरूले उमेदवारी दिने बताउँदै आएका छन् ।तर सत्तारुढ दलले जसलाई समर्थन गर्छ उसको विजय निश्चित हुने संसदीय अंकगणित छ । हालसम्म उसले कसैलाई समर्थन गर्ने जनाएको छैन्।




























