
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज एकै दिन विभिन्न ५ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा आज फर्स्ट माइक्रोफाइनान्स, आधिखोला लघुवित्त , आइसीएफसी फाइनान्स, प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंकको बोनस सेयर सूचिकृत भएको हाे ।१) फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट लघुवित्त वित्तीय संस्था नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बोनस बापतको १८ लाख ३२ हजार ५ सय ३५ दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको हो ।२) आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडनेप्सेमा आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३० प्रतिशत बाेनस बापतकाे ३ लाख ५७ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।३) आइसीएफसी फाइनान्स लिमिटेडनेप्सेमा आइसीएफसी फाइनान्स लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे ५ लाख ६३ हजार ५ सय ५८ कित्ता सेयर सूचिकृत भएकाे हाे ।४) प्रभु बैंकनेप्सेमा प्रभु बैंकको ६.५० प्रतिशत बोनस बापतको ८२ लाख ६० हजार ६५७.७१ कित्ता सेयर सुचिकृत भएको हो ।५) सेन्चुरी कमर्सियल बैंकनेप्सेमा सेन्चुरी कमर्शियल बैंकको ४.७५ प्रतिशत बोनस बापतको ४५ लाख ३८ हजार १ सय ६ दशमलव ८७ कित्ता सेयर सुचिकृत भएको हो । सूचीकृतपश्चात् यी सबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न सकिने छ ।




























