
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल बुधबार मृत भेटिएका हुन् । नयाँ वर्षका दिन साथीभाइसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा कालीगण्डकी नदीको बीच भागमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।चौधरीका अनुसार पौडी खेल्ने क्रममा उनीसँगै गएका सोही ठाउँका ३९ वर्षीय शरण भुसाल बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको उनले बताए । मंगलबार पौडी खेल्ने क्रममा बस्याल बेपत्ता भएका थिए ।



























