
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ ।समितिका अनुसार हाल समस्याग्रस्त घोषित १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको हो । अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको विवरण पनि क्रमशः सार्वजनिक गरिने समितिले जनाएको छ ।समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न आग्रह गरेको छ । अन्यथा प्रचलित कानुन बमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ ।समितिले अन्य ऋणीहरूको नामावली पनि क्रमिक रूपमा सार्वजनिक गरिने उल्लेख गर्दै सम्बन्धित सबै ऋणीलाई समयमै सम्पर्क गरी बक्यौता रकम तिर्न आग्रह गरेको छ ।आज सार्वजनिक गरिएका सहकारीहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी तथा नेपाल सहकारी वित्तीय संस्था रहेका छन् ।



























