कास्की । स्याङजामा जन्मिएकी गंगा पौडेलको केही गीतहरु बजारमा सार्वजनिक भैसकेका छन् । स्रोताको नजरमा अब्बल आवाजकी धनी गंगा अवसरको पर्खाइमा छिन् । गंगामा धेरै पानी बगिसके, गंगाको जीवनको दैनिकी पनि धेरै बिताईसकिन् तर अब्बल आवाजको धनी हुदाँहुदै पनि आफ्ना स्रोतामाझ गीतहरु पस्किन सकिरहेकी छैनिन् भन्दा फरक नपर्ला ।
'अहिले भाईरल हुने जमाना छ, मलाई भाईरल हुने मोह छैन बस आफ्नो प्रतिभा स्रोताको माझ पस्किन सकुँ भन्ने मात्रै हो ।' उनी भन्छिन् ।
पोखरालाई आफ्नो कर्म क्षेत्र बनाईरहेकी गंगा संगीतमै रमाईरहेकी छिन् । विभिन्न दोहोरी कार्यक्रम र स्टेजमा उनको दैनिकी बितिरहेको छ तर उनी यतिमा मात्रै सिमित हुनु नपर्ने उनको स्रोताको गुनासो छ ।विभिन्न दोहोरी साँझ र स्टेजमा आफ्नो कला प्रस्तु आईरहेकी गंगा पौडेल रेकर्डको पर्खाईमा छिन् ।उनका हालसम्म 'झुम्का लगाई देउ', 'मुटु भित्र', 'तिजैमा माईती जान्छु है बुढा' लगायतका गीत बजारमा आएका छन् । अवसरमा पाएमा राम्रो कामहरु गर्ने ईच्छा रहेको समेत उनले बताईन ।