
काठमाडौँ।संघीय संसद्को दुवै अधिवेशन आजबाट सुरु हुँदै छ । बैठक दिउँसो २ बजे बस्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वैशाख २२ गते आजका लागि संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका थिए । राष्ट्रपति पौडेलले संबिधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।संसद सचिवालयले दुवै सदनका सांसदहरुलाई दिनको ३: ४५ बजेनै बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ ।



























