
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगनमा दल दर्ता गरेको छ । आज (आइतबार, मंसिर ७) आयोगको कार्यालय पुगेर दल दर्ता गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् ।शनिबार बसेको कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो । आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
अब कांग्रेसले आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिने पक्का भएको छ भने राष्ट्रिय सभा निर्वाचनमा पनि भाग लिनेछ । नेकपा (एमाले)ले भने हालसम्म आयोगमा दल दर्ता गरेको छैन । उसले वर्तमान परिस्थितिमा निर्वाचनमा जान नकिने बताउँदै आएको छ ।



























