
काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई म्याद थपको प्रक्रिया अघि बढाउन विशेष अदालत पुर्याएको हो।पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। यसअघि विशेष अदालतले उनलाई सात दिनको म्याद थपको अनुमति दिएको थियो, उक्त अवधि आज समाप्त हुँदैछ।उनको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमा अदालतले लिखित जवाफ माग गरेको छ। उक्त रिटमाथिको अर्को सुनुवाइ मंगलबार हुने तय गरिएको छ।



























