
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा एक निजी कारमा आगलागी हुँदा चालक मृत अवस्थामा फेला परेका छन्।बा ५ च ३०३८ नम्बरको निजी कारमा लागेको आगोपछि घटनास्थलमा पुगेको प्रहरीले चालकलाई सिट बेल्ट बाँधिएको अवस्थामै मृत फेला पारेको हो।मृतकको परिचय हालसम्म खुल्न सकेको छैन। प्रहरीले मृतकको पहिचान खुलाउने तथा आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।



























