
काठमाडौं । प्रधानसेनापति अशोक राज सिग्देलले पदोन्नति भएका प्राविधिक उपरथी विश्वबन्धु पहाडी र प्राविधिक महासेनानी डा. इन्दिरा आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी पहाडीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।सोही अवसरमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. आचार्यलाई पनि प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरे ।कार्यक्रममा बलाधिकृत, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो । पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनसमेत कार्यक्रममा सहभागी थिए ।



























