रोशन घर्ती मगर, काठमाडौं । एमालेकी सांसद शान्ता चौधरी संसदमा बोल्दै गर्दा ग्यास,पेट्रोल, डिजेल, ग्यास,मट्टीतेल र दैनिक उपभोग्यका सामानमा यो सरकारले जसरी मुल्यवृद्धि गरेको छ जनताको ढाड ठसक्कै भाचेको छ ।
शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै जनताले सोध्न थालेका छन् यो सरकार गरिबको हैन मैले भन्ने गरेको छु यो सरकार गरिबहरुको होईन,धनीहरुको मात्र हो । मैले यो किन भन्ने गरेको छु भने जुन पार्टीको सरकार यतिबेला छ त्यो पार्टीको नेताले भाषण गरेको सुनेको छु यो सरकार गरिबहरुको सरकार होईन । यो सरकारको नेतृव गरेको सरकारलाई मैले केही भन्नु छैन किनकी यो गरिबहरुको सरकार नै होईन ।यसकारणले मुल्यवृद्धि होस् कि जेसुकै होस् किनकी उ धनीहरुको मात्रै नेतृत्व गर्छ । त्यसैले यो सरकार धनीहरुको मात्रै सरकार भन्ने गरेको छु ।अर्को पार्टी सरकारमा सहभागी छ जसले आफुलाई क्रान्तीकारी कम्युनिष्ट पार्टी भन्ने गर्छ । जसले यो देशको श्रमजिवि सर्वहाराको नेतृत्व गर्छु भन्छ आज त्यो पार्टी मौन छ । श्रमजिवि सर्वहाराको नेतृत्व गर्ने पार्टीले आज मुल्यवृद्धि नगरौं भन्न सक्दैन् भन्छिन् एउटा संगत गुणाको फल उहाँहरु पनि संगतमा चुर्लुम्म डुब्नु भएको छ । संगत गुणाको फल राम्रोेसंग प्राप्त गर्नुभएको छ त्यसैले मुल्यवृद्धिमा मौन बसेकाले स्पष्ट देखाउँछ ।यो देशमा गरिबहरु पनि छन् है, यो देशमा गिट्टी कुटेर खानेहरु पनि छन् है, यो देशमा नदिको छेउमा बालुवा चालेर खानेहरु पनि छन् है भन्ने कुरा बिर्सिएको छ । त्यसकारण यो सरकारले गरिबहरुलाई बिर्सिएर मुल्यवृद्धि गरेको छ त्यसकारण म सरकारको भत्र्सना गर्न चाहन्छु । किन यो मुल्यवृद्धि भनेर सत्तापक्षका माननियहरु भनिरहनुभएको छ किन भयो भनेर विषयमा छलफल गर्ने हो भने हामी संसदिय समिती बनाउ र संसदिय समितीबाट छलफल गरौं ।
यसरी मुल्यवृद्धि बढेर गयो भने यो देशको जुन गरेर पनि खान नपुग्ने गरिब जनता छन् उनको दिनचर्या कसरी चल्छ । यो विषयमा सरकारले गम्भिर भएर सोचोस् ।