काठमाडौं। लामो समयदेखि प्रतिक्षरत नेपाली फिल्म ‘चिसो मान्छे’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । देशभरीका सिनेमाहल मार्फत यो फिल्म प्रदर्शनमा आएको हो ।दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको यो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् ।
शर्मिला पाण्डद्वारा निर्मित यो फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काले सुदूरपश्चिमेली महिलाको भूमिका निर्वाह गरेकी छिन् । यो फिल्म तीन जना पात्रहरुको अन्तर संघर्षको कथा हो ।