
काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान फेरि आगलागी भएको छ।सर्वोच्च अदालतको नयाँ भवनको भुइँतलामा रहेका २० र २१ नम्बर फाँटमा आगलागी भएको सर्वोच्च स्रोतले जानकारी दिएको छ। आगलागीका कारण फाँटमा रहेका महत्वपूर्ण कागजात, कुर्सी, टेबललगायतका फर्निचर जलेर नष्ट भएका छन्।प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ। आगलागीबाट कागजात तथा फर्निचरमा क्षति पुगेको स्रोतले जनाएको छ।यसअघि पनि करिब दुई साताअघि सर्वोच्च अदालतको अन्डरग्राउन्डमा रहेको कार्यालयमा आगलागी हुँदा महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए। उक्त घटनाको अनुसन्धान जारी रहेकै अवस्थामा सर्वोच्चमा पुनः आगलागी भएको हो।



























