
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई पक्राउ गरेको हो ।खेलमा मिलेमतो, अनियमितता तथा ठगी गरेको आरोपमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप)को केन्द्रीय कार्यालय, त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालले दिएको निवेदन/जाहेरीका आधारमा जोशी र पाण्डेलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए ।



























