
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ ।भेटका क्रममा नेपाल–अमेरिका सम्बन्ध, हालै भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षति तथा त्यसपछिका राहत र पुनर्निर्माणका विषयमा छलफल भएको काठमाडौँस्थित नेपाली नियोगले जनाएको छ ।मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच बाढी प्रभावित क्षेत्रमा भइरहेको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा निरन्तर सहयोग गर्ने विषयमा समेत कुराकानी भएको थियो ।भेटमा परराष्ट्रसचिव अमृतबहादुर राई, स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।



























