
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने पहाडी तथा तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । तराईका भूभागमा पनि आंशिक बदली रहनेछ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहनेछ । तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै, कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।




























