
काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ। देशका पहाडी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु लागेको छ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि साधारणतया बदली रहने तथा हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ भने मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।कोशी र बागमती प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।




























