
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट अनियन्त्रित भई राप्ती खोलामा खसेर दुर्घटना भएको हो।सुमोमा चालकसहित १० जना सवार रहेको बताइएको छ। दुर्घटनामा घाइते भएका सात जनाको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ।दुर्घटनामा मृत्यु भएका तथा घाइते भएकाहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ।



























